SEBON Chat(Beta Version)
“Stay Informed, Stay Protected” भन्ने मूल नारा सहित शुरू भएको विश्व लगानीकर्ता सप्ताह World Investor Week (WIW) अन्तर्गतका पुँजी बजार शिक्षा तथा लगानीकर्ता सचेतना कार्यक्रमहरूको मिति २०८२।०८।२५ मा नेपाल धितोपत्र बोर्डबाट एक समारोह आयोजना गरी शुसम्पन्न भयो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्रनर श्री बम बहादुर मिश्रको प्रमुख आथित्यमा संचालन भएको उदघाटन कार्यक्रमको अध्यक्षता बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक श्री विनयदेव आचार्य, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक श्री शुसील देव सुवेदी, सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख कार्यकारी श्री प्रविन पान्दाक, मर्चेन्ट बैकर एसोसिएसन अफ नेपालका अध्यक्ष रमेन्द्र रायमाझी, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष श्री सागर ढकाल अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । क्रेडिट रेटङ्ग सेवा उपलब्ध गराउने रेटिङ्ग एजेन्सी कम्पनीहरू, स्टक डिलर, विभिन्न आर्थिक समाचार पत्रपत्रिका तथा अनलाइन मिडिया सम्बद्ध संस्थाका पदाधिकारीहरू, ब्यवस्थापन अध्यापन गराउने उपत्यकाका विभिन्न क्याम्पसहरूका विद्यार्थी तथा प्राध्यापकहरू लगायत १५० जना भन्दा बढी सहभागिहरूको उपस्थितिमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख अतिथिको मन्तब्य राख्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री बम बहादुर मिश्रले विश्व लगानीकर्ता सप्ताहको उदघाटनमा नेपालको वित्तीय क्षेत्रका तीनवटै नियामकको उपस्थिति भएको र यसले लगानीकर्ता शिक्षा र वित्तीय साक्षरतामा महत्वपूर्ण भूमिका रहने बताउनुभएको थियो साथै उहाँले प्रविधिको प्रयोग मार्फत हुने ठगीका घटनाहरू बढीरहेको सन्दर्भमा लगानीकर्ताहरू समेत यस्तो विषयमा सचेत रहनुपर्ने बताउनु भयको थियो।अतिथिहरूलाई स्वागत मन्तब्य राख्दै बोर्डका उप-कार्यकारी निर्देशक तेज प्रसाद देवकोटाले मंसिर २५ देखि पुस २ सम्म बोर्डले विश्व लगानीकर्ता सप्ताह अन्तर्गतका कार्यक्रमहरू देशब्यापीरूपमा संचालन हुने, उक्त कार्यक्रमहरूमा धितोपत्र बजार सहभागिहरूको सहभागिता रहने प्रकाश पार्न भएको थियो । अतिथिको रूपमा आफ्नो मन्तब्य राख्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुसिल देव सुवेदीले निरन्तर विश्व लगानीकर्ता सप्ताह संचालन गरी लगानीकर्ता शिक्षाका कार्यक्रमहरू संचालन गरेकोमा नेपाल धितोपत्र बोर्डको सरहाना गर्नुभएको थियो । यस्तै सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख कार्यकारी प्रविन पन्दाक र मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपालका अध्यक्ष रमेन्द्र रायमाझीले बोर्डले संचालन गर्ने लगानीकर्ता शिक्षा तथा सचेतनका कार्यक्रमहरूमा आफुहरूको पूर्ण सहभागिता र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने नेपाल स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले लगानीकर्ता सचेतनाका साथै नियामक र बजार सहभागीहरू बजारमा उठेका प्रश्नहरूप्रति जवाफदेही हुनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रमलाई समापन गर्दै समापन मन्तब्य राख्दै डा. नवराज अधिकारीले विश्व लगानीकर्ता सप्ताह २०२५ विश्वका ११८ देशहरूमा मनाइएको र नेपाल धितोपत्र बोर्डले पनि देशब्यापिरूपमा विश्व लगानीकर्ता सप्ताह अन्तर्गतका कार्यक्रमहरू संचालन गर्न गइरहेको जानकारी दिनुभएको थियो । यस्तै उहाँले धितोपत्र बजारका नियामकहरूको अन्तर्राष्टिय नियामकहरूको संस्था International Organization of Securities Commissions (IOSCO) ले निर्धारण गरेका नारा Stay Informed, Stay Protected लगायत अन्य थिमहरू नेपालको सन्दर्भमा समेत प्रभावकारी रहेको धारणा ब्यक्त गर्नुभएको थियो ।
उद्घाटन सत्रको समापन पश्चात सहभागी विद्यार्थीहरूलाई नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट प्रस्तुतिकरण गरिएको थियो । बोर्डका निर्देशक (सिए) श्री सुरज पराजुलीले धितोपत्र बजारमा आधारभूत विश्लेषण र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका बरिष्ठ अधिकृत श्री कुलचन्द्र रिजालले धितोपत्र बजारको परिचय, जोखिम र प्रतिफलका विषयमा आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो । प्रस्तुतिकरण पश्चात आएका जिज्ञासाहरू सम्बन्धित प्रस्तोताहरू र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले समाधान गर्नुभएको थियो ।
मितिः २०८२।०८।२५
#wiw2025nepal