विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरिएको ।

विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम बोर्डले ग्लोबल इक्विटी फण्ड लिमिटेडलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको छ । उक्त कम्पनीलाई अनुमतिपत्र प्रदान गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले कम्पनीको सफलताको शुभकामना व्यक्त गर्दै कम्पनीका सम्वद्धपक्षलाई व्यवसायिक र सुशासित रुपमा कार्य संचालन गर्न निर्देशन दिनु भएको छ ।
नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न र यस्ता नयाँ व्यवसायहरु शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्ड जस्ता उपकरणमार्फत् लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने सन्र्दभमा बोर्डबाट अनुमतिपत्र प्रदान भएसँगै विशिष्टीकृत कोष व्यवस्थापकको कार्य संचालन गर्ने बाटो खुली बजारको थप बिकास तथा बिस्तार हुने बोर्डको अपेक्षा रहेको छ।