विद्युतीय हस्ताक्षर (Digital Signature) सम्बन्धमा धितोपत्र दलाल व्यवसायीहरुलाई जानकारी प्रदान ।

धितोपत्र बजारमा सूचना प्रविधिको प्रयोग उच्च रहने भएकोले बोर्डको आ.व. २०७५।७६ को बार्षिक कार्यक्रम अन्र्तगत बोर्डको सूचना प्रबिधि नीति, २०७५ तर्जुमा गरी कार्यान्वयन गर्ने र बजार सहभागीहरुका कामकारवाही तथा गतिविधिहरुलाई क्रमशः Digitalized बनाउदै लैजान आवश्यक व्यवस्था गर्ने कार्यक्रम रहेको परिपे्रक्ष्यमा विद्युतीय हस्ताक्षरको अवाश्यकता र यसका विविध आयामहरु सम्बन्धमा सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई यही मिति २०७५ मंसिर १२ मा बोर्डबाट नेपाल सट्र्रिफाइङ्ग कम्पनी प्रा. लि. सँगको सहकार्यमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाल सट्र्रिफाइङ्ग कम्पनी प्रा. लि. का तर्फबाट निर्देशक श्री दिपक भण्डारीले विद्युतीय हस्ताक्षरको आवश्यकता, यसको महत्व, विशेषता, फाइदा, प्रयोग गर्ने तरिका, धितोपत्र बजारमा ग्राहक परिचय विवरण, खरिद बिक्री आदेश तथा धितोपत्र दलाल व्यवसायीहरुले बोर्डमा पेश गर्नुपर्ने विवरणमा विद्युतीय हस्ताक्षर प्रयोग गर्न सकिने जस्ता विषयवस्तुहरु समेटिएको प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उक्त लि. का को–अध्यक्ष श्री विप्लवमान सिंहले नेपाल सरकारले विद्युतीय हस्ताक्षरलाई अगाडि बढाउने नीति लिएकोमा नेपाल सरकारका विभिन्न निकायहरुबाट विधुतीय हस्ताक्षर लिने कार्य यसै आ.व. देखि शुरुवात भएको समेत जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा शुरुवात गर्दै बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीले बोर्डको यो वर्षको कार्यक्रममा सूचना प्रविधि नीति तर्जुमा भई कार्यान्वयनमा ल्याउने क्रममा रहेको साथै बजार सहभागीहरुका गतिविधिहरुलाई Digitalized बनाउँदै लैजाने कार्यक्रम राखेको सन्र्दभमा यो अन्तरक्रिया कार्यक्रम आयोजना निकै महत्वपूर्ण रहेको तथा बोर्डबाट आगामी दिनमा नेपाल स्टक एक्सचेञ्ज, सिडिएससि, क्रेडिट रेटिङ्ग संस्था तथा मर्चेन्ट बैंकरहरुलाई समेत यस सम्बन्धी जानकारी दिने कार्यक्रम रहेको बताउनुभयो । त्यसैगरी विद्युतीय कारोबार ऐन कार्यान्वयनमा आए यस मार्फत हुने कारोबारलाई विश्वसनीय, कानून सम्मत र सुरक्षित बनाउन विद्युतीय हस्ताक्षर (Digital Signature) को प्रयोगको शुरुवात गर्नु आवश्यक देखिनुका साथै धितोपत्र तथा वस्तु विनियम बजारमा प्रविधिको उच्चतम प्रयोग हुने हुनाले विस्तारै यसको प्रयोगको दिशामा धितोपत्र व्यवसायी लाग्नुपर्ने र बोर्ड सोही दिशामा अगाडि बढने धारणा समेत व्यक्त गर्नुभयो । साथै सम्पूर्ण धितोपत्र दलाल व्यवसायी तथा बोर्डका कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरुले विद्युतीय हस्ताक्षरको सुरक्षा तथा यसको पूर्वाधार सम्बन्धमा जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाउनुभएको थियो । सो कार्यक्रममा विद्युतीय हस्ताक्षर सम्बन्धी जानकारी गराउननुहुने विज्ञ तथा अन्य सहभागीहरुलाई बोर्डका कार्यकारी निर्देशक श्री परीष्टनाथ पौड्यालले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको संचालन बोर्डका निर्देशक श्री नारायण प्रसाद शर्माले गर्नुभएको थियो ।