बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टज्यूद्वारा पदभार ग्रहण ।

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टज्यूले आज मिति २०८३।०३।१५ गते बोर्डको कार्यालय ललितपुरमा पदभार ग्रहण गर्नुभएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८३।०३।०५ गतेको निर्णयानुसार अध्यक्ष नियुक्त हुनुभएका उहाँले माननीय अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेज्यूबाट पद तथा गोपनीयताको सपथ लिई बोर्डमा पदबहाली गर्नुभएको हो ।

पदबहालका क्रममा अध्यक्षज्यूले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग सम्बन्धित Targeted Financial Sanction विषयमा धितोपत्र बजार सम्बद्ध सूचक संस्थाहरूका कर्मचारीलाई तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी निर्णयका सम्बन्धमा हस्ताक्षर गर्नुभएको थियो । यसबाट सूचक संस्थामा AML/CFT/CPF सम्बन्धी अवधारणा तथा बुझाईको क्षमता अभिवृद्धि हुने र नेपालको effectiveness rating को immediate outcome १० र ११ मा सुधार भई grey list बाट बाहिर निस्कन सहयोग पुग्ने अपेक्षा रहेको छ ।