SEBON Chat(Beta Version)
नेपाल धितोपत्र बोर्डको आयोजनामा शुक्रबार राजधानीमा सूचीकृत संगठित संस्थाका परिपालना अधिकृतहरुका लागि सूचीकृत संगठित संस्थाले प्रवाह गर्नुपर्ने सूचना, विवरण तथा जानकारी सम्बन्धमा एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बोर्डको नीति अनुसन्धान तथा प्रशिक्षण विभागका विभागीय प्रमुख कार्यकारी निर्देशक डा. नवराज अधिकारीले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा बोर्डका उपकार्यकारी निर्देशक श्री तेज प्रसाद देवकोटाले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । तत्पश्चात् कार्यक्रमको अध्यक्षता गर्नुभएका सुपरिवेक्षण विभागका विभागीय प्रमुख का.मु. कार्यकारी निर्देशक श्री रुपेश के.सी.ले सहभागीहरूलाई स्वागत गर्दै उद्घाटन सत्र समापन गर्नुभएको थियो ।
कार्यक्रममा बोर्डका निर्देशक श्री हरि प्रसाद भुसालले परिपालना सम्बन्धी कानूनी व्यवस्थाका बारेमा प्रस्तुती दिनु भएको थियो। यस्तै, निर्देशक श्री अम्बिका ओझा गुप्ताले अनुपालना अवस्थासम्बन्धी चुनौती र समस्याहरू विषयक प्रस्तुतीकरण गर्नुभएको थियो। प्रशिक्षणपछि सहभागीहरूसँग छलफल तथा अन्तरक्रिया सत्र पनि आयोजना गरिएको थियो। कार्यक्रममा समापन मन्तव्य बोर्डका उपकार्यकारी निर्देशक श्री दिपेश ताम्रकारले दिनुभएको थियो।
सूचीकृत विकास बैङ्क, फाईनान्स कम्पनी तथा लघुवित्त कम्पनीका परिपालना अधिकृत लक्षित उक्त कार्यक्रममा कुल ७५ जना परिपालना अधिकृतहरुको सहभागीता रहेको थियो ।