नेपाल धितोपत्र बोर्डमा अर्थ समितिका माननीयज्यूहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

आज मिति २०७७ असार ८ गते बोर्ड र अर्थ समितिका माननीयज्यूहरुको अध्ययन टोली वीच धितोपत्र बजारका समसामयिक विषयहरुमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त छलफल कार्यक्रममा धितोपत्र बजार तथा नियमन सम्बन्धमा अध्ययनका लागि अर्थ समितिका माननीय सभापति कृष्ण प्रसाद दाहाज्यूको नेतृत्वमा बोर्डमा आएको उक्त टोलीमा पुँजी बजार अध्ययन उपसमितिका संयोजक तथा अर्थ समितिका सदस्य माननीय राम कुमारी झाक्रीज्य, अर्थ समितिका सदस्य तथा उपसमितिका सदस्य माननीय मटमणी चौधरीज्यू, अर्थ समितिका सदस्य तथा उपसमितिका सदस्य माननीय प्रमिला राईज्यू, अर्थ समितिका सचिव श्री सुरेन्द्र अर्यालज्यू, अर्थ समिति सचिवालयका उप सचिव श्री सिता काफ्लेज्यू रहनु भएको थियो भने बोर्डबाट बोर्ड अध्यक्षज्यू तथा उच्च पदस्य कर्मचारीहरु रहनु भएको थियो । बोर्डका उप कार्यकारी निर्देशक डा. नबराज अधिकारीले हालको धितोपत्र बजारको अवस्था, बजार बन्द गर्नुपरेको कारणहरु, बोर्डका भावी कार्यक्रम तथा प्राथमिकता आदिका वारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा माननीय सदस्य मेटमणि चौधरीले धितोपत्रको दोस्रो बजारको अनलाइन कारोबारका लागि प्रयोग हुने प्रविधि र हाल दोस्रो बजार बन्द भएको विषयमा चासो राख्नुभएको थियो । यस्तै माननीय राम कुमारी झाक्रीले दोस्रो बजारमा हुने सूचना सम्प्रेषण, लगानीकर्ताका संघ संस्थाको गतिविधिका बारेमा चासो राख्दै लगानीकर्ता संघ तथा आर्थिक पत्रकारलाई आवश्यक परे अन्य नियमन निकायसंग समेत समन्वय गर्दै आचारसहिंता लागू गर्नपर्ने, नेपालको पँुजी बजारलाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने, बोर्डको संस्थागत एवं नियमन क्षमता सुदृढ गरी बोर्डलाई सबल र शसक्त नियमन निकायको रुपमा विकास गर्न प्रयास गर्नुपर्ने धारणा राख्नुभयो ।              

         अर्थ समितिका सभापति माननीय दाहालले नेपालको वित्तीय प्रणालीमा पँुजी बजार र यसको नियमन निकाय बोर्डको भूमिका अत्यन्त महत्वपूर्ण भएको हुनाले यसको विश्वसनीय एवं दिगो विकासका लागि कटिबद्ध भएर लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले धितोपत्रको प्राथमिक बजारको विकास उत्साहजनक देखिएतापनि दोस्रो बजारको विकास भने सोही गतिमा हुन नसकेको बताउनुभयो । आगामी दिनमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन पहल गर्नुपर्ने, सार्क क्षेत्रका अन्य देशमा जस्तै नेपालको धितोपत्र बजारमा पनि विदेशी रणनीतिक साझेदार भित्र्याई बजारको स्तर अभिबृद्धि गर्नुपर्ने, पँुजी बजारलाई अन्तर्राष्ट्रिय बजारसँग आवद्ध गराउनुपर्ने, वस्तु विनिमय बजार सम्बन्धी पूर्वाधारको विकास गर्नका लागिमार्ग निर्देश गर्नुभयो साथै बजारको विकासका लागि सम्बन्धित निकायहरुको भूमिका समन्वयकारी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बोर्डको संस्थागत क्षमता अभिवृद्धि र धितोपत्र नियमन तथा बोर्ड सञ्चालन सम्बन्धी कानुनी अपर्याप्तता हटाई यसलाई सुदृढ गर्नका लागि समितिले पर्याप्त भूमिका निर्वाह गर्ने आश्वासन समेत दिनुभयो । बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले पुँजी बजारको विकासका लागि बोर्डले विगतमा विभिन्न उल्लेखनिय कार्यहरु गर्दै आएको र लकडाउन अवधिमा दोस्रो बजार सञ्चालनका लागि E-DIS को व्यवस्था तथा ब्रोकरले पुँजीगत लाभ कर म्यानुअली सिस्टममा भर्नुपर्ने व्यवस्थाको अन्त्य गर्नुका साथै बजार सञ्चालन लगायका कार्यका लागि नेप्से, सिडिएससी लगायतका संस्थालाई आवश्यक तयारी गर्न निर्देशन दिएको बताउनुभयो ।

      बोर्ड अध्यक्ष श्री ढुंगानाले हाल दोस्रो बजार सञ्चालनमा रहेका व्यवधानहरुको चर्चा गर्दे केहीको समस्या समाधान भएको र केही समाधानको क्रममा रहेको जानकारी दिनुभयो । उहाँले पुँजी बजार संवेदनशिल बजार भएको र यसको सम्बन्ध वित्तीय प्रणालीको अन्य क्षेत्रसँग पनि भएकोले सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि अनुरोध गरेको बताउनुभयो । उहाँले पँुजी बजारको दिगो विकासको लागि बोर्ड, नेप्से, सिडिएससीको संरचनात्मक सुधार गर्नुपर्ने, नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउनुपर्ने, धितोपत्र बजार सञ्चालन र बोर्ड सञ्चालनका लागि छुट्टाछुट्टै ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले विदेशी पुँजी परिचालन गर्न र देशमा उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न बोर्डले छिट्टै प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल सञ्चालनका लागि कोष व्यवस्थापकलाई अनुमति दिनुका साथै वस्तु विनिमय बजारको पूर्वाधार विकासका लागि बोर्डले छिटै प्रक्रिया अगाडि बढाउने बताउनुभयो । कार्यक्रममा सहभागी सवैलाई बोर्डका अध्यक्ष श्री भिष्म राज ढुङ्गानाले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले गर्नुभएको थियो ।