SEBON Chat(Beta Version)
नेपाल धितोपत्र बोर्डले देहाय बमोजिम हुने गरी धितोपत्र निष्काशन तथा बाँडफाँड (नवौं संशोधन) निर्देशिका, २०८२ मिति २०८२/०४/०१ देखि लागू गर्ने निर्णय गरेको छः
१. विदेशमा बसी रोजगार गरेका नेपालीहरुलाई छुट्याईएको शेयरका लागि दरखास्त दिन खुला रहने विद्यमान १५ दिनको अवधिलाई परिमार्जन गरी कम्तिमा चार कार्यदिन कायम गरिएको र सो अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा उक्त समयावधि खुल्ला भएको मितिले १५ दिन सम्म कायम रहने व्यवस्था गरिएको।
२. बैंक तथा वित्तीय संस्थाहरुलाई अविमोच्य असंचिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) निष्काशन गर्ने व्यवस्था गरिएको।
धितोपत्र निष्काशन तथा बाँडफाँड (नवौं संशोधन) निर्देशिका, २०८२ यस लिंकमा क्लिक गरी हेर्न सकिनेछ ।