नेपाल धितोपत्र बोर्डको ३४ औं वार्षिकोत्सवको उपलक्ष्यमा सोमबार बोर्डको कार्यालय, खुमलटार, ललितपुरमा लेख विशेषाङ्क प्रकाशन तथा रक्तदान कार्यक्रम गरी सम्पन्न भयो । धितोपत्र बजार, आर्थिक, व्यवस्थापन लगायतका विषयमा कुल ३५ वटा लेख/रचना समावेश गरिएको लेख विशेषाङ्क डिजिटल रुपमा प्रकाशन गरिएको र उक्त विशेषांक बोर्डको वेबसाईटमा हेर्न सकिने व्यवस्था गरिएको छ ।
साथै, यस अवसरमा कुल ३० जना महानुभावहरूले रक्तदान गर्नुभएको थियो ।