विश्व लगानीकर्ता सप्ताह २०१८ सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न ।

विश्व लगानीकर्ता सप्ताह २०१८ सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०१८ को अवसरमा समृद्ध नेपालको आर्थिक आधारः गतिशील, विश्वसनीय तथा देशव्यापी पूँजी बजार भन्ने मूल नारासहित यही असोज १५ देखि २१ सम्म (तद्अनुसार अक्टोबर १ देखि ७ सम्म) आयोजना गरेका कार्यक्रमहरु भव्यतापूर्वक सम्पन्न भएका छन् । धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आइएस्को (International Organisation of Securities Commissions, IOSCO) ले आव्हान गरे अनुरुप सर्वसाधारणलाई धितोपत्र बजार तथा सेवाका सम्बन्धमा जानकारी दिई लगानीकर्ताको सशक्तिकरण गर्ने उद्देश्यले आयोजना गरिएको विश्व लगानीकर्ता सप्ताह २०१८ मा बजार सहभागी, उच्च बौद्धिक वर्ग तथा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । बोर्डको संमन्वयमा उक्त सप्ताहमा सञ्चालित गतिविधिहरु देहाय बमोजिम रहेका छन् : १. प्रभातफेरीः बोर्डले असोज १५ मा नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससी) धितोपत्र व्यवसायी, विभिन्न धितोपत्र व्यवसायी संघ तथा सर्वसाधारण लगानीकर्ताको उत्साहबद्र्धक सहभागितामा राजधानी काठमाडौंमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थियो । काठमाडौंको भद्रकालीबाट शुरु भएको प्रभातफेरी कार्यक्रममा बोर्ड, नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल, आश्वा सदस्य, लगानीकर्ता गरी करिव ३ हजार जनाको सहभागिता रहेको थियो । बाजागाजासहित शुरु भएको ¥यालीमा सहभागी संस्थाहरु आ–आफ्ना ब्यानरसहित उपस्थित भएका थिए । सहभागीहरुले धितोपत्र बजारका लगानीकर्तालाई जागरुक एवं सचेत गर्ने विभिन्न सन्देशमूलक प्लेकार्ड पनि बोकेका थिए । ¥याली टुँडिखेल परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगी समापन भएको थियो । ¥यालीको समापन कार्यक्रममा बोल्दै नेप्से लगायत बजारका अन्य सहभागी तथा प्रबुद्ध लगानीकर्ताबाट प्रभातफेरीमा भएको व्यापक एवं उत्साहबद्र्धक सहभागीताले नेपालको धितोपत्र बजारको सुधार तथा विकासमा सवैको चासो बढ्दै गएकोले आउंदा दिनमा धितोपत्र बजार तिर्वरुपमा विकास तथा विस्तार हुने विचार व्यक्त भएको थियो । बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले ¥यालीको समापन मन्तव्य दिदै सर्वसाधारणमा पूँजी बजारसम्बन्धी सचेतना अभिवृद्धि गरी बजारमा उनीहरुको सहभागितालाई प्रोत्साहित गर्न सम्पूृर्ण बजार सहभागीलाई आव्हान समेत गर्नुभएको थियो । २. पत्रकार सम्मेलन कार्यक्रमः बोर्डले असोज १६ मा विराटनगरमा एक पत्रकार सम्मेलन गरी असोज १९ र २० गते विराटनगरमा आयोजना हुने पहिलो प्रादेशिक पूँजी बजार प्रदर्शनीका विविध पक्षहरुका सम्बन्धमा जानकारी दिएको थियो । उक्त पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले प्रादेशिक पूँजी बजार प्रदर्शनी २०७५ र विश्व लगानीकर्ता सप्ताह सहित धितोपत्र बजारको वर्तमान अवस्था र यसको सुधारका लागि भएका प्रयासहरुको बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो भने विश्व लगानीकर्ता सप्ताहका राष्ट्रिय संयोजक तथा बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले प्रर्दशनीलाई भब्य एवं सब्यरुपमा सम्पन्न गर्न सम्बन्धित सवैको सहयोगको अपेक्षा गरिएको जानकारी दिनुभएको थियो । ३. लगानीकर्ताका लागि प्राविधिक प्रशिक्षण तथा त्रैमासिक सुनुवाई कार्यक्रमः बोर्डले सर्वसाधारण लगानीकतालाई सुसूचित गर्न तथा धितोपत्र बजारका सहभागीहरुको उपस्थितिमा लगानीकर्ताको गुनासो सम्बोधन गर्नकालागि असोज १७ मा लगानीकर्ताका लागि प्राविधिक प्रशिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा बोर्डको परिमार्जित प्रयोगकर्तामैत्री वेवसाईट सार्वजनिक गरिनुका साथै बोर्डले प्रकाशन गरेको नेपाल धितोपत्र बोर्ड, एक संक्षिप्त जानकारीको विमोचन गरिएको थियो । कार्यक्रममा बोर्डका अन्य जानकारीमूलक प्रकाशनहरुको नयां संस्करण वितरण गरिनुका साथै नेप्से, सिडिएससी, साख मूल्याङ्कन संस्थाहरु तथा धितोपत्र दलाल व्यवसायी संघको प्रकाशनहरुको विमोचन र वितरणका साथै सिडिएससीको परिमार्जित वेवसाइट समेत सार्वजनिक गरिएको थियो । ४. टेलिभिजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्नः नेपालमा धितोपत्र बजारको सुधार, विकास, विस्तार, नियमन, लगानीकर्ताहरुको लगानी प्रवृत्ति सम्बन्धमा लगानीकर्ताहरुलाई जानकारी दिई सशक्तिकरण गर्ने उद्देश्यले बोर्डको आयोजनामा एबीसी टेलिभिजनमार्फत् लाइभ सामूहिक छलफल कार्यक्रम प्रसारण गरिएको थियो । उक्त कार्यक्रममा बोर्ड, नेप्से, लगानीकर्ता संघका प्रतिनिधि, पूँजी बजार विज्ञ तथा आर्थिक पत्रकार सहभागी हुनुभएको थियो । ५. धितोपत्र तथा वस्तु विनिमय रेडियो कार्यक्रम शुरुवातः बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र बजारसम्बन्धी जानकारी देशभर घरघरमा सहज एवं सरल रुपमा पु¥याई धितोपत्र बजारमा सर्वसाधारणको जागरुकता बढाउन धितोपत्र तथा वस्तु विनिमय नामक पाक्षिक रेडियो कार्यक्रम शुभारम्भ गरेको छ । यस कार्यक्रमको पहिलो श्रृखला विश्व लगानीकर्ता सप्ताहको अवसरमा असोज २० बिहान रेडियो नेपालबाट प्रशारण भएको थियो । यो कार्यक्रम हरेक महिनाको पहिलो र तेस्रो शनिबार रेडियो नेपालबाट विहान ७:४० देखि ७:५५ सम्म प्रसारण हुने भएको छ । ६. पहिलो प्रादेशिक पूँजी बजार प्रदर्शनीः बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसर पारी प्रदेश नं.१ मा पहिलो पूँजी बजार प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरेको छ । असोज १९ र २० गते तद्अनुरुप अक्टोबर ५ र ६ मा नेपालको औद्योगिक नगरी प्रदेश नं.१ को विराटनगरमा आयोजना भएको उक्त प्रदर्शनीको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नं.१ का माननीय मुख्यमन्त्री श्री शेरधन राईज्यूले गर्नुभएको थियो । समुद्घाटन मन्तव्यमा मुख्यमन्त्री राईज्यूले आर्थिक वृद्धि तथा विकासको साझा लक्ष्य लिएर सरकार अगाडि बढिरहेको बेलामा पूँजी परिचालनको महत्वपूर्ण संयन्त्रको रुपमा रहेको पूँजी बजारसम्बन्धी प्रदर्शनी प्रदेश नं.१ मा आयोजना गरेकोमा बोर्डलाई धन्यवाद दिनुभयो । उहाँले सरकारका स्थानीय निकायहरुले यस बजारमार्फत् ऋणपत्र जारी गरी आवश्यक पूँजी संकलन गर्न सक्ने, सर्वसाधारणको सहभागितामा विभिन्न उद्योगहरु सञ्चालन गरी प्रतिफललाई पनि सर्वसाधारणमै वितरण हुन सक्ने लगायतका विशेषताहरु यस बजारमा रहेको बताउँदै पूँजी बजारको विकासबिना देशको आर्थिक विकास असम्भव भएको धारणा राख्नुभयो । उहाँले बोर्डले प्रकाशन गरेको आर्थिक, बैकिङ्ग तथा धितोपत्र बजारसम्बन्धी प्रादेशिक परिसूचकको समेत विमोचन गर्नुभएको थियो । प्रदेश नं १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सल्लाहकार तथा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. प्रमोदकुमार झाको सभापतित्वमा सञ्चालित उक्त समुद्घाटन कार्यक्रममा प्रदेश नं.१ का आर्थिक मामिला तथा योजनामन्त्री माननीय श्री इन्द्र बहादुर आङ्बोज्यूले सप्ताहको अवसरमा एक नेपाली, एक डिम्याट खाता अभियानको सुरुआत गर्दै दुई जना नयाँ लगानीकर्तालाई डिम्याट खाता नम्बर प्रदान गर्नुभयो । उहाँले व्यापक जनसहभागितामा जलविद्युत परियोजना सञ्चालनका साथै अन्य उद्योग तथा व्यवसाय सञ्चालनकालागि पूँजी बजार आवश्यक भएको र यस्तो जनसहभागिता रहने विकासमा आफ्नो सदा सहयोग रहने बताउनुभयो । समुद्घाटन समारोहमा विशेष अतिथिको रुपमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीज्यूले नेपालको धितोपत्र बजारको सुरुवात नै विराटनगरबाट भएको गौरवपूर्ण इतिहासलाई सम्मान गर्नकालागि बोर्डले पहिलो प्रादेशिक पूँजी बजार प्रदर्शनी विराटनगरबाट शुरु गरेको बताउनुभयो । उहाँले पूँजी बजारसम्बन्धी सचेतना अभिवृद्धि गर्नकालागि आयोजना गरिएको प्रदर्शनीलाई भव्यताका साथ सम्पन्न गर्न सम्बन्धित सबैमा आग्रह समेत गर्नुभयो । समुद्घाटन समारोहका सभापति तथा प्रदर्शनी सहजकर्ता समितिका संयोजक प्रा.डा. प्रमोद कुमार झाज्यूले विश्वका विकसित देशहरुमा पूँजी बजार सशक्त रहेको बताउँदै नेपालको आर्थिक विकासकालागि पूँजीबजारलाई बलियो आधारको रुपमा अगाडि बढाउन आवश्यक भएको बताउनुभयो । उहाँले पूँजी बजारले पूँजी परिचालन गरी लगानी, रोजगारी र आम्दानी बढाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले आगामी दिनमा देश विकासकालागि पूँजी बजारले नेतृत्व लिनुपर्ने बताउनुभयो । प्रदर्शनीमा धितोपत्र बजार, वास्तविक क्षेत्रको पूँजी परिचालन तथा आर्थिक विकास र धितोपत्र व्यवसायी सेवाः नेपालको सन्दर्भ सम्बन्धी विषय शिर्षकहरुमा प्राविधिक सत्रहरु संचालन भएको थियो । प्रदर्शनीमा नेप्सेले अनलाइन कारोबारको मोक ट्रेडिङ्गका सम्बन्धमा प्रस्तुतिकरण समेत गरेको थियो । प्रदर्शनीमा बोर्ड तथा बजार सहभागीहरुका ११० स्टलमार्फत् करिब दश हजार सर्वसाधारणलाई धितोपत्र बजारसम्बन्धी जानकारी, अध्ययन सामग्रीहरुको निःशुल्क वितरण गर्नुका साथै केही इच्छुक सहभागीहरुलाई निशुल्क डिम्याट खाता खोल्ने सुविधा समेत दिइएको थियो ।