बोर्डको २७ औं वार्षिकोत्सव तथा रजत जयन्ती हुलाक टिकटको अनावरण सम्पन्न ।

नेपाल धितोपत्र बोर्डले २०७६ जेठ २५ मा आफ्नो २७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाले बोर्डलाई शुभकामना दिदै वोर्डलाई अझ सक्षम, प्रभावकारी तथा स्वतन्त्र वनाउन धितोपत्र सम्वन्धि ऐन संशोधनको क्रममा रहेको वताउंनु भयो । सो क्रममा उहाँले रेमिट्यान्स मार्फत आउने रकमलाई धितोपत्र वजारमा लगानी गर्ने वातावरण वनाउन वोर्डले आवश्यक व्यवस्था गर्नु पर्ने धारणा राख्नु भएको थियो । उहाँले आ.व. ०७६/७७ को वजेट मार्फत सेयर वजारमा देखिएको कर समस्या समाधान गरिएको तथा वजेटमा उल्लेख भए अनुसार ऋणपत्र कारोवारलाई प्रभावकारी ढंगले विकास गर्नुपर्ने धारणा राख्नु भयो । प्राथमिक निष्काशनमा न्युनतम १० कित्ता सेयर दिने वोर्डको नीतिको प्रशंसा गर्दे धितोपत्र वजारमा महिला सहभागिता वढाउन वोर्डले विशेष व्यवस्था गर्नुपर्ने धारणा समेत राख्नु भयो । यसै गरी वित्तीय प्रणाली जोखिमयुक्त हुने भएकोले नियमनकारी निकाय चनाखो र प्रभावकारी हुनुपर्ने तथा वित्तीय क्षेत्रलाई सन्तुलित रुपमा संचालन गर्नुपर्ने वताउँदै कुनै एक नियमनकारी निकाय कमजोर भएमा त्यस्मा अन्र्तनिहित जोखिम अर्का नियमनकारी निकायमा सर्ने हुँदा नियमनकारी निकायहरु वीच समन्वय हुनुपर्ने धारणा राख्नु भयो । वस्तु विनिमय बजार लामो समय सम्म अनौपचारिक रुपमा संचालन भएकोमा अव यो वजारलाई संस्थागत रुपमा विकास गर्नुपर्ने धारणा राख्दै वजारको विकासको लागि सरकार सधै प्रतिवद्ध रहेको धारणा प्रमुख अतिथिज्यूले राख्नुभयो ।

नेपाल चार्टड एकाउन्टेन्टस संस्थाका अध्यक्ष जगन्नाथ उपाध्यायले पँ"जी वजार नियमन र प्रवद्धन गर्न वोर्डले खेलेको भूमिकाको प्रंशसा गर्दै नियमनकारी निकायहरु मिली अगाडि वढ्नु पर्ने बताउनुभयो । सोही कार्यक्रममा बोर्डका पूर्व अध्यक्षश्री दीपकराज काफ्लेले धितोपत्र बजारको विकासक्रमको स्मरण गर्दै धितोपत्र वजारमा थप सुधार गर्दै जानु पर्ने   बताउनु भयो । विद्युत नियमन आयोगका अध्यक्ष श्री डिल्ली बहादुर सिंहले भर्खरै मात्र आयोगले कार्य गर्न शुरु गरेको सन्र्दभ जोडदै वोर्डवाट आफूहरुले सिक्नु पर्ने र वोर्डसंग समन्वय गरी अगाडी वढने धारणा राख्नुभयो । त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष शतीस मोरले पुँजीवजारको छोटो इतिहासमा मजवुत पुँजी वजारको विकास भएको वताउँदै स्वच्छ र पारदर्शी वजार विकासको लागि वोर्डले खेलेको भूमिकाको सरह्राना गर्नु भयो । त्यसै गरी नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी निर्देशक चन्द्र सिं साउदले वोर्डवाट हालै भएका सुधारका कार्यहरुवाट धितोपत्र वजारले उल्लेख्य फड्को मारेको वताउँदै आगामी दिनमामा पनि विकास र सुधारका कार्यहरु निरन्तर रुपमा अगाडि वढ्दै जाने र सो का लागी वोर्ड, नेप्से तथ सिडियस मिलेर अघि वढ्ने धारणा राख्नु भयो । त्यसैगरी फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका प्रमुख श्रीमति मुनुका न्यौपानेले बोर्डको रजत जयन्ती वर्ष संस्मरणार्थ हुलाक टिकट प्रकाशन गरेकोमा धन्यवाद दिदैं हुलाक टिकटको महत्व बारेमा समेत आफ्नो भनाई राख्नुभयो । आफ्नो मन्तव्य राख्ने क्रममा बोर्ड कर्मचारी यूनियनका अध्यक्ष श्री राजु बहाुदर जि.सि.ले सरकारी लगानीले मात्र आर्थिक विकास नहुने र यसका लागि निजी क्षेत्रको सहभागिता आवश्यक रहने र सोका लागि पूँजीबजार उपयुक्त माध्यम भएको सन्र्दभमा पूँजीबजारको नियमनकारी निकाय बोर्डको थप क्षमता अभिवृद्धि गर्नु पर्ने, बोर्डको आफ्नै अत्याधुनिक भवन हुन नसकेको साथै बोर्डमा सक्षम कर्मचारीलाई बोर्डको सेवामा निरन्तरता दिने वातावरण नभएकाले बोर्डको सेवालाई अन्य नियमन निकाय जस्तै आकर्षक बनाउन सेवा सुविधामा पुनरावलोकन गर्नुपर्ने वताउनु भयो ।

हुलाक टिकटमा टाँचा:  उक्त कार्यक्रममा माननिय अर्थमन्त्री डा. युवराज खतिवडाले बोर्डको २७ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा प्रकाशन हुने हुलाक टिकटको संस्मरणार्थ आवरणमा टाँचा लगाउनु भएको थियो ।

बोर्डको प्रकाशन विमोचनः वार्षिकोत्सव कार्यक्रममा बोर्डले प्रकाशन गरेको विभिन्न महत्वपूर्ण पुस्तकहरुको विमोचन गरिएको थियो । यस क्रममा माननीय अर्थ मन्त्रीज्यूले “धितोपत्र तथा वस्तु विनिमय वजार विकास तथा सुधारका आयामहरु” को विमोचन गर्नु भएको थियो । यस्तै, “नेपाल धितोपत्र वोर्ड समाचार २७ औं वार्षिकोत्सव बिशेषाङ्क” को विमोचन बोर्ड अध्यक्ष डा.कार्कीले र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले “सेवोन जर्नल  अंक–८” को विमोचन गर्नु भएको थियो ।

पूँजीबजार पत्रकारिता पुरस्कारः बोर्डले रजतजयन्तीको अवसर पारी शुरुवात गरेको पूँजीबजार पत्रकारितामा पुरस्कार यस वर्ष बजारको प्रवद्र्धन तथा लगानीकर्तालाई सुसूचितगर्नमा अग्रणी भूमिका खेल्ने टिविआई पव्लिकेशन्स प्रा.लि.को प्रकाशन कारोवार राष्ट्रिय दैनिकलाई प्रदान गरिएको थियो । उक्त पुरस्कार ग्रहण गर्दै सो दैनिकका सम्पादक कुवेर चालिसेले बोर्डले रजत जयन्त्तीवर्षका अवसरमा पुरस्कृत गरेकोमा बोर्डलाई धन्यवाद दिदै धितोपत्र वजारमा वेलावेलामा आउने समस्याहरुलाई समाधान गर्दै जानुपर्ने र वजारलाई राम्रोसंग संचालन गदैै जानु पर्ने धारण राख्नु भएको थियो । बोर्डले गतवर्ष पूँजीबजार आर्थिक पत्रकारिता पुरस्कार न्यू विजनेश एज प्रा.लि.को प्रकाशन अभियान राष्ट्रिय दैनिकलाई प्रदान गरेको थियो

उत्कृष्ट शोधपत्र पुरस्कारः बोर्डले विश्वविद्यालयस्तरमा पूँजीबजार तथा कमोडिटी डेरिभेटिभ्स् सम्बन्धी अध्ययन अनुसन्धानलाई प्रोत्साहितगर्नका लागि वार्षिकोत्सवको अवसरमा विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर तथा एम.फिल. तहको अध्ययन गरी धितोपत्र बजार तथा कमोडिटी फ्यूचर्स वजार बिषय शीर्षकमा शोधपत्र लेख्ने उत्कृष्ट तीन शोधपत्रलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार, युनिग्लोव कलेज (पोखरा विश्वविद्यालय) वाट Income Diversification and Bank Risk return trade off in the Nepalese Commercial Bank विषयक शोधपत्र वापत शोधकर्ता श्री सोमराज नेपालीलाई रु. ७० हजारको प्रथम पुरस्कार प्रदान गरिएको  थियो । यस्तै काठमाण्डौ युनिभर्सिछि, स्कुल अफ  म्यानेजमेन्ट (के.यु) Effect of Merger and Acquisition on organizational justice and deviant workplace behaviour among employees of banking and financial institution of Nepal विषयक शोधपत्र वापत शोधकर्ता श्री कृष्ण पोखरेललाई रु.४५ हजारको द्वितीय पुरस्कार र डिएभि विजनेश स्कुल (पि.यु) वाट Investor's Behaviour on Stock Selection Decision: A case of Nepal Stock Exchange विषयक शोधपत्र वापत शोधकर्ता श्री गणेश खत्रीलाई रु. ३५ हजारको तृतीय पुरस्कार प्रदान गरिएको थियो ।

दीर्घ सेवा पदक र कदरपत्र वितरणः यस्तै, बोर्डमा २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारी श्री दिपक क्षेत्रीलाई दीर्घसेवा पदक र कदरपत्र वितरण गरिएको थियो ।

कार्यक्रमको सभापतित्व गर्नुभएका बोर्ड अध्यक्ष डा.कार्कीले आफनो मन्तव्य राख्ने क्रममा नेपालको धितोपत्र बजारको संरचनात्मक सुधार भएको र विकास तथा विस्तारका कार्य निरन्तर अघि बढिरहेको बताउनुभयो । उहाँले प्राथमिक बजारको Intensive सुधार भई यस्को पहुँच देशको ७७ जिल्लामा नै पुगिसकेको, ७२ जिल्लामा पूँजीबजार साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन भैसकेको, दुर्गम जिल्लामापनि करिब ५०० देखि १००० को संख्यामा डिम्याट खाता खोलिसकेको, न्युनतम १० कित्ता सेयर प्रदान गर्ने व्यवस्थावाट वजार समावेशी तथा थप विस्तार भएको बताउनु  भयो । सोही क्रममा वोर्डले वित्तीय साक्षरता प्रवद्र्धन तथा ज्ञान अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय संस्था, OECD INFE (OECD sf] International Network of Financial Education) को  नेपालको तर्फबाट पूर्ण सदस्यता समेत प्राप्त गरेको जानकारी गराउँदै प्राथमिक निष्काशनमा free pricing system (Book Building) को कार्यान्यवन सम्वन्धमा अध्ययन भैरहेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक श्री परिष्टनाथ पौड्यालले स्वागत मन्तव्य दिदै धितोपत्र बजारको विकास तथा विस्तारका लागि बोर्डले गरेका महत्वपूर्ण कार्यहरुको समीक्षा गर्नु भएको थियो र उक्त कार्यक्रमको अन्त्यमा बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन बोर्डका उपकार्यकारी निर्देशक श्री कृष्णराज पोखरेलले गर्नुभएको थियो ।