धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउस प्रा. लि.लाई जरिवाना गरिएको ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउस प्रा. लि., नक्साल काठमाडौंलाई धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम रु.५०,०००।– (पचास हजार रुपैयाँ मात्र) जरिवाना गरेको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा “धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ” भन्ने व्यवस्था रहेको । धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउस प्रा. लि.ले नियमावलीको उक्त व्यवस्था अनुरुप शाखा कार्यालय खोल्न बोर्डबाट स्वीकृति नलिई तनहुँ जिल्ला स्थित व्यास नगरपालिका वडा नं. २, दमौलीमा शाखा कार्यालय स्थापना गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको हो ।

मितिः २०७९।०४।२९