उपत्यका वाहिरका स्थानहरुबाट लिलाम प्रक्रियामा आवेदन दिने सम्वन्धमा गरिएको थप व्यवस्था ।

धितोपत्रको हकप्रद निष्काशन पश्चात बिक्री नभएको शेयरको लिलाम प्रक्रियामा काठमाडौं उपत्यकाका लगानीकर्ताहरुले मात्र आवेदन दिने सक्ने व्यवस्था रहेकोमा बोर्डले २०७४ कार्तिकबाट उपत्यका बाहिरका प्रमुख केन्द्रहरु कम्तिमा विराटनगर, विरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीबाट आवेदन दिन सक्ने व्यवस्था गरेकोमा हाल देशको प्रादेशिक संरचना तथा आर्थिक रुपमा सक्रियता तथा धितोपत्र कारोवारको अवस्था समेतका आधारमा माथि उल्लेखित स्थानका साथै बोर्डले अन्य स्थानहरु समेत थप गरी कम्तिमा देहाय अनुसारका स्थानहरुवाट आवेदन दिन सक्ने व्यवस्था गर्न मर्चेन्ट वैकरहरुलाई परिपत्र गरेको छ :

प्रदेश  -  आवेदन लिने व्यवस्था गरिएको काठमाण्डौ उपत्यका वाहिरका स्थानहरु
प्रदेश नं १ - विराटनगर र विर्तामोड
प्रदेश नं २ - विरगंज र जनकपुर
प्रदेश नं ३ - हेटौंडा र नारायणगढ
प्रदेश नं ४  (गण्डकी प्रदेश) -  पोखरा र वाग्लुङ
प्रदेश नं ५ - वुटवल, घोराही र नेपालगञ्ज
प्रदेश नं ६ (कर्णाली प्रदेश) - सुर्खेत
प्रदेश नं ७ (सुदुरपश्चिम प्रदेश) - धनगढी र महेन्द्रनगर

उल्लेखित व्यवस्थावाट धितोपत्रको हकप्रद निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहज तथा सरल ढंगले आवेदन दिन सक्ने तथा धितोपत्र वजारको क्षेत्र अझ विस्तार हुने वोर्डको अपेक्षा रहेको छ ।