आर्थिक तथा धितोपत्र बजारसम्बन्धी आर्थिक पत्रकारसँगको अन्तरक्रिया/छलफल कार्यक्रम सम्पन्न

बोर्ड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा मिति २०७६ असार ६ मा आर्थिक तथा धितोपत्र बजारसम्बन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । धितोपत्र तथा वस्तु विनिमय बजारको पछिल्लो अवस्था र आर्थिक पत्रकारिताको विषयमा जानकारी दिने उद्देश्यले आयोजना भएको उक्त कार्यक्रममा सेजन र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) मा आबद्ध करिब ६० पत्रकारहरुको सहभागिता रहेको थियो । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष श्री पुष्पराज आचार्यले बोर्ड र सेजनले विगतदेखि नै सहकार्य गर्दै आएको हालै प्रदेशगत रुपमा आर्थिक पत्रकारहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम निकै लाभदायी भएको बताउँदैे नेपालको आर्थिक विकास तथा विस्तारका लागि आवश्यक पूँजी परिचालनका लागि महत्वपूर्ण संयन्त्रको रुपमा रहेको धितोपत्र बजारको विकास तथा विस्तारका लागि पछिल्लो समय बोर्डले महत्वपूर्ण प्रगति हासिल गरिरहेको बताउनुभयो । उहाँले प्राथमिक बजार आधुनिक बनेको, दोस्रो बजारमा धितोपत्रको कारोबार, राफसाफ तथा फछ्र्यौटमा सरलता आएको स्मरण गर्दै आगामी दिनमा बजारको विकास तथा विस्तारसम्बन्धी कार्यले थप निरन्तरता पाउने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

बोर्डका कार्यकारी निर्देशक श्री परिष्टनाथ पौड्यालले धितोपत्र बजारको वर्तमान अवस्था, सुधारका पहलहरु तथा बजार विश्लेषण विषयक कार्यपत्रमा प्रस्तुती दिनुभयो । प्रस्तुतीका क्रममा उहाँले धितोपत्र बजारलाई प्रभाव पार्ने तत्व, विवेकशील लगानीकर्ताका विशेषताहरु, बजार विश्लेषण विधिहरु, बजार विकास तथा सुधारका पहलहरु तथा बजारका चुनौतीहरुका साथै भावी कार्ययोजना लगायतका विषयहरुमा प्रष्ट पार्नुभयो । उहाँले धितोपत्र बजार सूचनासँग सम्वेदनशील बजार भएकोले समाचार लेखनमा संयमता अपनाउन आवश्यक रहेको धारणा राख्नुभयो । बोर्ड अध्यक्ष डा. कार्कीले नेपालको अर्थतन्त्रको संक्षिप्त जानकारी तथा धितोपत्र बजार र अर्थतन्त्रबीच सम्बन्ध विषयक कार्यपत्रमा आफ्नो प्रस्तुती दिनुहुँदै उहाँले नेपाली अर्थतन्त्रको वास्तविक क्षेत्र, सार्वजनिक क्षेत्र, बैकिगं तथा वित्तीय र बाह्य क्षेत्र गरी चार क्षेत्रको बारेमा जानकारी दिनुभयो । उहाँले चारै क्षेत्रको विशेषता, पछिल्लो अवस्थाका साथै उक्त क्षेत्रमा रहेका समस्या तथा चुनौतीहरु उल्लेख गर्दै अर्थतन्त्र र धितोपत्र बजारबीचको सम्बन्धबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय झलक समेत प्रस्तुत गर्र्नुुभयो । वरिष्ठ पत्रकार श्री राजेन्द्र दाहालले आर्थिक पत्रकारिताको अनुभवहरु साट्दै आर्थिक पत्रकारिताको प्रमुख एजेन्डा विकास भएको हुँदा देशको ्आर्थिक विकास तथा विस्तारका लागि कलम चलाउनुपर्ने बताउँदै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नमा जोड दिनुुभयो । उहाँले देशमा उत्पादन, उद्यम, निर्यात, व्यापारजस्ता क्षेत्रहरुमा दिगो वृद्धि आवश्यक भएको परिप्रेक्ष्यमा पछिल्लो समय नेपालमा विकासको क्रम संक्रमणकालीन अवधिमा रहेकोले यस अवधिमा देखिएका विकृतिहरुको उजागार गर्दै नीतिनिर्माणको तहमा सकरात्मक प्रभाव पार्नका लागि आर्थिक पत्रकारहरुको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

छलफल तथा अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले जनताको जलविद्युत कार्यक्रम अन्र्तगतका जलविद्युत् कम्पनीहरुको रेटिगं नगर्ने व्यवस्था हुँदा सरकारी लगानी र निजी लगानीका कम्पनीहरु बीच विभेद भएको तथा जनताको लगानी जोखिममा परेको, जलविद्युत् क्षेत्रका कम्पनीहरुको विवरण प्रवाहमा समस्या देखिएको, अझैपनि जथाभावी डिम्याट खाता खोल्ने प्रवृति रहेको, धितोपत्रको कारोबार संख्या न्यून रहेकोले सो बढाउन पहल गर्नुपर्ने, अनलाइन कारोबारमा समस्या देखिएको, बोर्डको स्वायत्तता, देशको अर्थतन्त्र र धितोपत्र बजारबीचको सम्बन्ध लगायतका विषयहरुमा जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन बोर्डका अध्यक्ष डा. कार्की, कार्यकारी निर्देशक श्री निरज गिरी र कार्यपत्र प्रस्तोताहरुले गर्नुभएको थियो । छलफल तथा अन्र्तक्रिया सत्रको सञ्चालन कार्यकारी निर्देशक श्री गिरीले गर्नुभएको थियो । बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले कार्यक्रम उपस्थित आर्थिक पत्रकारहरुलाई स्वागत गर्नुभएको सो कार्यक्रमको सञ्चालन बोर्डका निर्देशक श्री निरञ्जय घिमिरेले गर्नुभएको थियो ।